प्रधानमन्त्री दाहालविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहारमा मुद्दा

प्रधानमन्त्री दाहालविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहारमा मुद्दा
+
-

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अनुसन्धान अघि बढेको छ।

उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले बताएका छन्। उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको हो।

मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा ३ जना युवा पक्राउ परेका थिए। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।

प्रहरीसँगको बयानका क्रममा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएको प्रहरीले जनाएको छ। बैंकको ब्याज निकै महँगो भएकाले घटाउनुपर्ने आफूहरूको माग भएको बताएको रिजालले बताएका छन्।

नाराबाजी गर्ने क्रममा युवाको प्रहरीले मुख थुनेको भन्दै सामाजिक सञ्जालमा तस्बिर र भिडियो भाइरलसमेत बनेको छ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी कसुर उल्लेख छ। जसमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भनेर उल्लेख गरिएको छ।

कानुनअनुसार कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?