राजनीतिमा डेब्यू गर्दै रजनीकान्त

राजनीतिमा डेब्यू गर्दै रजनीकान्त
+
-

चेन्‍नई-तमिल अभिनेता रजनीकान्त आगामी विधानसभामा निर्वाचन लड्ने भएका छन् । प्रशंसकमाझ आफूले पार्टी खोल्ने घोषणा पनि उनले गरेका छन्। यसअघि उनले राजनीतिमा आउने जानकारी दिए पनि आफैं पार्टी खोल्ने बताएर चकित बनाएका छन्। प्रशंसकहरूको तालीको गडगडाहटबीच ६७ वर्षीय नायकले भने, ‘म निश्चित रूपमा राजनीतिमा प्रवेश गर्दै छु ।’

उनले फिल्मी शैलीमा आफूलाई प्रस्तुत गरे । रजनीकान्त डरछेरुवा नभएको भन्दै कर्तव्यपालन गर्ने उद्घोष गरे । गीताको श्लोक उच्चारण गर्दै त्यसैअनुसार कर्तव्य गर्नु समयको आवश्यकता भएकाले त्यका लागि राजनीति भएको स्पष्ट पारे ।

६ दिने बैठक समापनका अवसरमा समर्थकलाई सम्बोधन गर्दै आफूले नयाँ पार्टी खोल्ने र यसले तमिलनाडुका २३४ विधानसभाका सबै सिटमा उम्मेदवारी दिने पनि उनले घोषणा गरेका छन् । विधानसभाको चुनावलाई विचार गरेर पार्टीको शुरुवात गर्ने उनले बताए । उनले पार्टीको नारा पनि रमाइलो छानेका छन्, सच्चाइ, कडा मेहनत र विकास।

उनले तमिलनाडुमा नाजुक भएको लोकतन्त्र र शासनप्रणाली बदल्न आफूलाई साथ दिन पनि आह्वान गरे। भ्रष्टाचारलाई जरैदेखि उखेल्नेमा उनले जोड दिए । प्रशंसकले खचाखच भरिएको राघवेन्द्र कल्याण मण्डपममा उनले भने, ‘यो संकटको घडीमा म राजनीतिमा आइनँ भने योभन्दा लज्जा केही हुनै सक्दैन।’ उनले समर्थकहरुलाई तमिलनाडुका गाउँगाउँ र गल्लीगल्लीमा पुग्‍न आह्वान गरे।

तमिलनाडुकी लोकप्रिय मुख्यमन्त्री जयराम जयललिताको मृत्युपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएका थिए । ‘अम्मा’नामले चर्चित जयललिताको मृत्युपछि तमिलनाडुको राजनीतिमा अभाव देखिएको छ।

यसलाई पूरा गर्न भाजपा र कांग्रेसलाई सहज छैन । तमिलनाठडुमा एकछत्र प्रभाव जमाएकी जयललिताको मृत्युपछि उनको पार्टी एआईएडीएममा पनि गुटबन्दी शुरु भएको छ। यसै मौकामा रजनीकान्त रााजनीतिमा डेब्यु गर्दै छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?