बाँकेमा क्षयरोगबाट ६ महिनामा १३ जनाको मृत्यु

बाँकेमा क्षयरोगबाट ६ महिनामा १३ जनाको मृत्यु
+
-

नेपालगञ्ज – बाँकेमा क्षयरोग (टीबी)बाट १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय, बाँकेका क्षयरोग फोकलपर्सन मानबहादुर नेपालीले साउनदेखि पुससम्ममा जिल्लामा १३ जनाको मृत्यु भएको जानकारी दिए। यो अवधिमा जिल्लामा ५ सय १८ जना नयाँ बिरामी फेला परेका छन्।

जिल्लामा निको हुने दर ९२ प्रतिशत रहेको छ। ६ महिनामा चार जना औषधी खाँदा पनि निको भएनन्। १४ जना औषधि खाँदाखाँदै बीचमै सम्पर्कविहीन छन्।

यसैबीच, बाँकेको ढकेरीमा क्षयरोग उपचार र प्रेषण व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। अस्पताल निर्माणका लागि वर्षौँदेखि पहल भइरहे पनि जग्गा उपलब्ध नहुँदा बजेट आउँदै फर्किँदै गरेको छ।

अस्पताल निर्माणका लागि राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा दुई विगाह जग्गा छुट्याइएको छ। अस्पताल निर्माणका लागि १३ करोड ९९ लाख बजेट आएको छ।

टीबी नेपालका व्यवस्थापक हिक्मतबहादुर खड्काले ढकेरीमा अस्पताल बनाउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिए। अस्पताल निर्माणका लागि बजेट आएको यो चौथो पटक हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष