
चिकित्साशिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यप्रति नेपाल आर्थोपेडिक संघको चिन्ता व्यक्त गरेको छ। नेपाल अर्थोपेडिक संघका वरिष्ठ आजीवन सदस्यसमेत रहेका केसीको अनसन बसेको २० हुँदा सम्म पनि जीवनरक्षाको लागि केहि कदम नचालिएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
सर्व साधारण नागरिकले चिकित्साशिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच पाउनु प¥यो भनी निरन्तर सत्याग्रहमा बस्नु भएका डा केसीको जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले गरेको विरोध कार्यक्रमप्रति संघ ऐक्यबद्धता जनाएको छ।