घरमा बसी बसी ‘एक्ट्रा’ पैसा कमाउने कसरी ?

घरमा बसी बसी ‘एक्ट्रा’ पैसा कमाउने कसरी ?
+
-

हामीसँग हरेक महिना खर्च कटाएर १० हजार बाँकि रह्यो भने हामी के गर्छौ? कार किन्ने पैसा जम्मा गर्न थाल्छौ, उधारो वा ठूलो रकमको ऋण तिर्न खोज्छौ, सपिङ्ग मलमा जान्छौँ, भान्छामा सामान थप्छौँ, घुम्न जाने योजना बनाउँछौँ वा अरु? महिनाभरको खर्च कटाएको रकमले यस्ता योजना बनाउनु सामान्य कुरा हो।

तर हामी यहाँ अतिरिक्त पैसा घरबाट कमाउने तरिकाको बारेमा कुरा गर्दैछौ, यो अवस्थामा हामीसँग पैसा हातमा हुँदैन। यसले हामीलाई आकस्मिक कोष बनाउन सहयोग गर्छ। विशेष गरी महिलाको लागि।

सन्तान भएका र गृहणी भएर बसेका महिलाहरुले दिउँसोको समयमा पैसा कमाउन सक्छन्। घर बसी-बसी पैसा कमाउने केही उपायहरुलाई तल उल्लेख गरिएको छ।

१. ब्लग सुरु गर्ने

ब्लगबाट पैसा कमाउने सोच राख्ने हो भने त्यसको लागि सिमित ठाउँमात्र छ। ब्लग गरेर पैसा कमाउने राम्रो उपाय विज्ञापनको माध्यमबाट हो। जसले तपाईको वेवसाइड हरेक महिना कति हेरियो भन्ने संख्या गन्‍न सकिन्छ।

अर्को उपाय भनेको आफ्नो ब्लगमा अरुलाई विज्ञापन राख्‍न  लगाउने हो। यो उपाय साना बालबालिका भएको अवस्था घरमा नै बसिबसि पैसा कमाउने बाटो बन्न सक्छ। बालबालिका खेलेको अथवा सुतेको बेलामा ब्लग चलाउन सकिन्छ।

२. अनलाइनमा व्यापार सुरु गर्ने

के तपाईलाई इन्टरनेटको प्रयोगले पैसा कमाउने उपाय मन पर्छ? अनलाइन बसीबी पैसा कमाउने धेरै अवसरहरु छन्, जस्तै भाषा सम्पादन, वेब साइड बनाउने, भिडियो सम्पादन अरु अरु। यदि तपाइसँग यस्तो सीप छ भने तपाई घर बसी बसी पैसा कमाउन सक्नुहुन्छ।

३. सेवामुखी व्यवसायको स्थापना

सेवामुखी व्यवसायहरु सञ्चालन गरेर पनि घरमा बसी बसी पैसा कमाउन सकिन्छ। यदि तपाईसँग फोटो खिच्ने कला छ, तपाई घरमा नै स्टुडियो खोल्न सक्नुहुन्छ। कपडा सिलाउन आउँछ भने टेलर खोल्न सकिन्छ र घरेलु उत्पादन गरेर त्यसलाई बेच्न सकिन्छ।

यो सबै घरबाट नै गर्न सकिने काम हुन्। तर यसको लागि आफ्नो पेशाको प्रवर्दन गर्न पनि आउँनुपर्छ। पहिला ग्राहक भेट्न गार्‌हो हुन्छ तर विस्तारै ग्राहकबाट ग्राहककोमा सामानको बारेमा कुरा पुग्छ र व्यापार बढ्न थाल्छ।

४. सर्वेक्षण गर्ने

कति सजिलो हुन्छ होला यदि तपाई आफ्नो विचार दिएर पैसा कमाउनुहुन्छ। घर बसीबसी पैसा कमाउने एउटा उपाय कुनै विषयमा सर्वेक्षण गर्नु पनि हो। यसमा सहभागी भएर उपाहारहरु, केहि रकमहरु पनि कमाउन सकिन्छ।

५. साथी र परिवारको लागि काम गर्ने

आफूले जानेको काम परिवार र साथीको लागि गर्ने गर्नाले तपाईमा भएको क्षमताको पहिचान हुन्छ। साथीसँगको जमघट र पारिवारिक कामकाजमा सिलाई, फोटो खिच्ने लगायतका काम गर्नाले, व्यापार व्यवसायमा सघाउनाले, आइडिया शेयर गर्नाले पनि तपाईलाई मिल्ने समयमा काम गर्न बोलाउन सक्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?