मिटरब्याज पीडितले सडकमै बसेर खाए खाना (तस्बिरहरु)

मिटरब्याज पीडितले सडकमै बसेर खाए खाना (तस्बिरहरु)
+
-

काठमाडौँ – मिटरब्याज पीडितहरुले आन्दोलनका क्रममा सडकमै बसेर खाना खाएका छन्।

बर्दिबासबाट १२ दिन हिँडेर काठमाडौँसम्म आइपुगेका उनीहरुलाई सोमबार खुलामञ्चभित्र जान महानगरले रोक लगाएको थियो।

उनीहरूले राति खुल्लामञ्च बाहिर सडकमै रात बिताएका थिए। बिहान त्यहाँबाट बालुवाटारसम्म मार्च पास गरेका थिए भने बालुवाटारबाट भद्रकाली, माइतिघर हुँदै नयाँ बानेश्वरसम्म उनीहरुले मार्च पास गरेका हुन्।

उनीहरुले आफ्ना माग राख्दै सडक आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा उनीहरुले सडकमा नै खाना खाएका हुन्। कहाँ बस्ने के खाने भन्ने टुङ्गो नभएका उनीहरुले आफूले ल्याएको केही खाना सडकमा नै बसेर खाएका हुन्। उनीहरुमध्ये धेरै जना खाली खुट्टै आन्दोलनमा सहभागी छन्।

 

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्। उनीहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर’ लगायतका नारा लगाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष