
काठमाडौँ – ह्वाट्स एप र टेलिग्रामबाट ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ।
टेलिग्राममार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा उनीहरुले १० करोड बढी ठगी गरेको खुलेको छ।
उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरीएको हो।
प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ।