
अ
+
अ
अ
-
धनगढी- कैलालीमा डल्फिन र ताल तलैया मेलाको आयोजना गरिने भएको छ। जिल्लामा गत वैशाखमा सुरु गरिएको कैलाली भ्रमण वर्ष अन्तर्गत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले डल्फिन र ताल तलैया मेलाको आयोजना गरिन लागिएको हो।
कैलाली भ्रमण वर्षका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाका अनुसार भजनी नगरपालिकामा रहेको लौका भौका तालमा ताल तलैया मेलाको आयोजना गरिने छ । उक्त मेला साउन १५ गते हुने छ।
त्यस्तै, साउन १८ गते देखि टिकापुर नगरपालिका र भजनि नगरपालिकामा पर्ने ढुंगाना टोलमा डल्फिन मेलाको आयोजना गर्न लागिएको थापाले बताए। उक्त मेला भदौ १५ गतेसम्म करिब एक महिना सञ्चालन हुने जनाइएको छ।
कैलाली भम्रण वर्ष २०७५ अन्तर्गत हालसम्ममा बहेडा बाबा मेला, कर्णाली नदीमा र्याफ्टिङ्ग कार्यक्रम र धान दिवस मनाइएको छ।