एक दशकमा हराए चार हजार चेली

+
-

बाँके–पछिल्लो एक दशकमा नेपालगञ्ज नाका भएर भारत तथा खाडी मुलुक पुगेका करिव चार हजार नेपाली चेली सम्पर्कबिहीन भएका छन्। सम्पर्कबिहीन भएकाको खोजी गरिदिन घरपरिवारले सरकारी तथा गैरसरकारी निकायमा निवेदन दिएका छन्।

नेपालगञ्ज नाकामा बसेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेको माइती नेपाल, नेपालगञ्जका अनुसार सन् २००८ देखि २०१७ सम्ममा तीन हजार नौ सय २३ जना सम्पर्कबिहीन भएको निवेदन आएको छ। तीमध्ये ५ सय १७ जनामात्रै फेला परेका छन्।

दलालको प्रलोभनमा परेर भारत हुँदै जोखिमपूर्ण यात्रा गरी खाडीमुलुक पुगेका महिला सम्पर्कबिहीन भएपछि उसका घरपरिवारले खोजतलास गरिदिन महिला तथा बालबालिका कार्यालय, प्रहरी र मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालजस्ता संघसंस्थामा निवेदन दिने गरेका छन्। यस्तो निवेदन पर्ने क्रम वर्षेनी बढिरहेको छ।

घरपरिवारले आफ्ना मान्छे हराएको भन्दै खोजतलासका लागि सन् २०१७ मा दिएको निवेदनको संख्या ८ सय ३४ रहेको छ। त्यस्तै, २०१६ मा ७ सय ३१, सन् २०१५ मा ४ सय ६१, सन् २०१४ मा २ सय ६२, सन् २०१३ मा ४ सय ४०, सन् २०१२ मा ४ सय १६, सन् २०११ मा २ सय ९५, सन् २०१० मा २ सय ४२, सन् २००९ मा १ सय ५९ र सन् २००८ मा ८३ जना रहेका छन्।

गरिवीको फाइदा उठाएर मानव दलालले गाउँगाउँबाट नेपाली चेलीलाई राम्रो काम र दाम पाइने प्रलोभनमा पारेर भारत हुँदै खाडीमुलुक पुर्‍याउने गरेका छन्। कानुनी प्रक्रिया पूरा नगरी दलालको विश्वासमा परेर विदेशिने चेलीहरु प्रायः जोखिममा परेको पाइन्छ।

‘कतिपय घरपरिवारकै सल्लाहमा गएका हुन्छन्, त्यहाँ पुगेर नराम्रो काम या सम्पर्कमा नआएपछि मेरो मान्छे हरायो, खोजतलास गरिदिन पर्‍यो भन्दै रुदै आउँछन्,’ माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइरालाले भन्नुभयो, हामीले राज्यसँग मिलेर सकेसम्म उद्धार गर्ने प्रयास गरिरहेका छौं ।’

राज्यले अहिलेसम्म उद्धार संयन्त्र निर्माण गर्न नसक्दा जोखिममा परेका या हराएका चेलीको उद्धार गर्न सकिएको छैन। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि ऐन, नियमावली, निर्देशिका जारी भइसके पनि अहिलेसम्म उद्धार संयन्त्र बन्न सकेको छैन। ‘उद्धार संयन्त्र बनेको भए, भारत तथा खाडीमा अलपत्र, जोखिम या हराएका चेलीको उद्धार, खोजी गर्न सकिन्थ्यो, लामो समयदेखि मानव बेचबिखनविरुद्ध काम गरिरहेका कोइरालाले भन्नुभयो।

बाँके अगाडि
भारत तथा खाडीमुलुक पुगेर सम्पर्कबिहीन हुनेमा बाँके जिल्ला अगाडि देखिएको छ।

सन् २०१७ मा २ सय ८ जना बाँकेका चेलीको खोजतलासका लागि निवेदन परेको छ। यीमध्ये चार जनाको उद्धार भएको छ। तीन जनाको भारत र एकजना खाडीबाट उद्धार गरिएको छ।

दोस्रोमा सुर्खेत एक सय ७१, दाङ ९२, बर्दियामा ४७, सल्यान ६३, रुकुम ४५, रोल्पा २७, दैलेख ३२ र जाजरकोट जिल्लाबाट ४५ जनाको खोजतलासको निवेदन आएको छ। तराईका जिल्लाबाट मात्रै खाडी जाने गरिएकोमा पछिल्लो समयमा पहाडी जिल्लाका चेली पनि अधिक देखिएका छन्। फेसबुक र फोनबाट कुराकानी गर्दागर्दै जोखिमपूर्ण यात्रामा निस्किनेको संख्या पनि कम छैन। यो वर्षमा १ सय १८ जना फेसबुक र २ सय ११ जना मिसकलबाट शुरुवाती कुराकानी भएर जोखिमपूर्ण यात्रामा निस्केका फेला परेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’