टेबुल ठटाउदै कांग्रेसद्धारा प्रदेश ७ को संसद् अवरुद्ध

टेबुल ठटाउदै कांग्रेसद्धारा प्रदेश ७ को संसद् अवरुद्ध
+
-

धनगढी- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश ७ को संसद् अवरुद्ध गरेको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक सुरु हुने बित्तिकै काँग्रेसका सांसदले टेबुल ठोक्दै उठेर विरोध जनाएका थिए ।

कांग्रेसको विरोधपछि सभामुख अर्जुन बहादुर थापाले कार्यव्यवस्था परामर्श समितिमा जानकारी विनै संसद् अवरुद्ध गरेको भन्दै तीन पटक आ–आफ्नो स्थानमा बस्न प्रतिपक्षका सांसदलाई आग्रह गरेका थिए ।

पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षका सांसदले नमानेपछि सभामुख थापाले साउन ७ गते दिउसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

शुक्रवारको बैठकमा केही सांसदले शून्य समयमा बोल्ने र गाउँ तथा नगर सभा सञ्चालन गर्न बनेको विधेयकमाथि दफावार छलफल पश्चात् तयार पारिएको प्रतिवेदन पेस गर्ने कार्य सूची थियो ।

बैठक स्थगितपछि कांग्रेसका सांसद भरत बहादुर खड्काले सबै पार्टीको निर्णय अनुसार संसद अवरुद्ध गरेको बताए । ‘सबै कुरा कार्य व्यवस्था परामर्श समितिमा राख्नैपर्छ भन्ने के छ ?’ खड्काले प्रश्न गर्दै भने, ‘शुक्रबार ससद अवरुद्ध गर्ने कुरा हाम्रो पार्टीको निर्णय हो । त्यसैले जानकारी बिनै अवरुद्ध गरेका हौ ।’

कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले सरकारले अराजक शैलीको अन्त्य नगरेसम्म ससद अवरुद्ध पार्ने चेतावनी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?