
पोखरा- कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले आफ्नो कारबाही फिर्ता भनी कांग्रेसले गरेको निर्णय झुक्याउनका लागि भएको बताएका छन्।
उनले नेपाली कांग्रेस स्वतन्त्र अभियान विशेष भेलामा आइतबार भने, ‘कारबाही नै भएको छैन फुकुवा कसरी गर्ने ? अब उनीहरुले फेरि झुक्याउनका लागि अब फुकुवा भो गोविन्दराज जोशीलाई भन्न सक्छन्।’
जोशीले आफ्नो कारबाही फुकुवा भए आफूसँगै लागेका नेता कार्यकर्ताको के हुन्छ भनेर प्रश्च गरे।
उनले जालझेलको भाषा प्रयोग गर्नसक्ने सम्भावना भएको जिकिर गरे ।
पूर्वमन्त्री समेत रहेका जोशीले पदको लडाइँ नभइकन नेपाली कांग्रेसलाई सही बाटोमा ल्याउने अभियानमा आफू लागेको बताए ।
२०७४ सालको निर्वाचनमा रामचन्द्र पौडेललाई पराजित गर्न भुमिका खेलेको भन्दै नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरेर जोशीलाई कारबाही गरेको थियो । मंसिर ४ मा भएको निर्वाचनमा पनि जोशीले तनहुँ १ मा रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दिएका थिए । रामचन्द्र पौडेलले चुुनाव जित्दा जोशी ६ हजार ८८६ मतसहित तेस्रो भएका थिए।