विदेशबाट पुँजी ल्याउन नसके ब्याजदर घट्न सक्दैन: अर्थमन्त्री खतिवडा

विदेशबाट पुँजी ल्याउन नसके ब्याजदर घट्न सक्दैन: अर्थमन्त्री खतिवडा
+
-

काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले विदेशबाट पुँजी भित्र्याउन नसक्दा सम्म बैंकको ब्याजदर घट्न नसक्ने बताएका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा खतिवडाले भने, ‘३० खर्ब रुपैयाँको अर्थतन्त्र छ। त्यसको १५ प्रतिशत बचत हुने भनेको जम्मा चार/साढे चार खर्बको हाराहारीमा हो। त्यसमा १ सय ७२ अर्ब रुपैयाँ सरकारले नै लिन्छ। ब्याजदर जसरी बढिरहेको छ त्यसलाई नियन्त्रण गर्न हाम्रो पुँजी पर्याप्त हुँदैन। त्यसका लागि बाह्य पुँजी परिचालन गर्नुपर्छ।’

खतिबडाले नेपालमा खुलेका भारतीय संयुक्त लगानीका बैंकले भारतीय मुद्रामा ऋण ल्याई नेपालमा लगानी गर्न सक्ने बताए।

‘विगतमा पनि यता तरलता धेरै हुँदा उता पैसा लैजाने र उताबाट यता पैसा ल्याउने गरिएको थियो। हामीले बाहिर पैसा नलैजानुस्। पैसा बाहिर पार्किङ नगराउनुस् भनेका थियौँ,’ उनले भने, ‘उताबाट पैसा ल्याएर यहाँ लगानी गर्न समस्या हुँदैन। पहिलो चरणमा भारतीय संयुक्त लगानीका बैंकले भारतिय रुपैयाँमा लगानी ल्याउन सक्छन्।’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरिने घोषणा गरेको थियो।

मैद्रिक नितीले गरेको व्यवस्था बिरुद्ध सर्वोच्च अदालत परेको रिटलाई खतिवडाले वित्तीय साक्षरताको ज्ञानको अभाव भएको बताए।

उनले भने, ‘डलरमा ६ खर्ब रुपैयाँ भन्दा बढि कर्जा लिईएको अर्थतन्त्र केहि भएन भारतिय मुद्रामा कर्जा ल्याउँदा कसरी अर्थतन्त्रमा समस्या हुन्छ।’

राष्ट्र बैंकले भारतिय मूद्रामा कर्जा लिन सकिने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चको संवैधानिक ईजलासले राष्ट्र बैंकको उक्त नीति कार्यान्वयन नगर्न आदेश दिएको छ।

स्वदेशी पुँजीले मात्रै एक अंकको ब्याजदर कायम राख्न नसकिने भन्दै खतिवडाले त्यसको उपयुक्त विकल्प बाह्य ऋण नै भएको बताए।

खतिवडाले देशका आर्थिक परिसूचक सकारात्कम बन्दै गईरहेको भन्दै निजी क्षेत्रलाई लागानि बढाउन आग्रह गरेका थिए।  उनले भने, ‘देशको आर्थिक विकासको लागि सरकारले एक तिहाई लगानी गर्ने हो। हामी एक तिहाई लगानी गर्ने सरकारको विषयमा चर्चा गर्छौ तर दुई तिहाई लगानी गर्ने निजी क्षेत्रको बारेमा छलफल गर्दै। हामी ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य निजी क्षेत्रको पनि लगानी बढ्छ भन्ने आधारमा तय गरेका हों। ‘

उनले बजेटमा आफुले रोक्ने कोसिस गर्दा गर्दै पनि अध्ययन नगरिएका आयोजना समेटिएको बताए। उनले भने, ‘मलै रोक्ने कोसिस गर्दा गर्दै त यस्तो भएको कोसिस नै नगरेको भए के हुन्थ्यो होला।’

आगामी वर्ष आर्थिक वर्षको अन्त्यमा हुने खर्चलाई निरुत्साहित गर्न सरकार लागिपरेको भन्दै  बिगतका गल्ती नदोहरिने खतिवडाले दाबी गरे।

कार्यक्रममा अर्थ सचिव राजन खनाल र राजस्व सचिव शिशिर ढुगांनाले गत वर्षको बजेट खर्च र राजस्व संकलनको अवस्थाबारे जानकारी दिएका थिए.

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’