फेसबुकमा जानकारी चोरी गर्ने अर्को संस्था पनि, अनुसन्धान हुँदै

फेसबुकमा जानकारी चोरी गर्ने अर्को संस्था पनि, अनुसन्धान हुँदै
+
-

सामाजिक सञ्जाल फेसबुकले अमेरिकाको एक एनालाइटिक्स फर्मलाई निलम्बित गरेको छ ।

फेसबुकले आफ्ना प्रयोगकताएको जानकारी अवैध तरिकाले संकलन गरी अरुसँग बाँडिएको र त्यो राजनीतिकसहितका विभिन्न उद्देश्य पूर्तिका लागि प्रयोग भएको आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यहि क्रममा फेसबुकले अमेरिकाको एक एनालाइटिक्स फर्म निलम्बित गरेको हो । बोस्टनमा रहेको क्रिमसन हेक्सागोनलाई निलम्बित गरेको हो ।

यो संस्थाले आफूलाई ग्राहकका बारेमा जानकारी दिने माध्यका रुपमा परिभाषित गर्ने गरेको छ र विश्वका विभिन्न देशका सरकारी निकायसँग यसको सम्बन्ध छ ।

यो संस्थाले आफ्नो प्रयोगकर्ताको जानकारी प्रयोग गर्ने क्रममा गोपनियता र निगरानी सम्बन्धी नियमको उल्लंघन गरे नगरेको बारेमा अनुसन्धान भइरहेको फेसबुकले जनाएको छ । तर अहिलेसम्म क्रिमसनले अवैध तरिकाले जानकारी हाँसिल गरेको नदेखिएको फेसबुकले बताएको छ।

क्रिमसनले फेसबुकबाट सर्वसाधारणका जानकारी लिएर त्यो आफ्ना ग्राहकलाई दिने गरेको वाल स्ट्रिट जर्ननले बताएको छ । क्रिमसनबाट यो सेवा लिनेमा रुस एक संस्था, जसको सम्बन्ध त्यहाँको राष्ट्रपति कार्यालयसँग छ ।

यस्तै धेरै अमेरिकी सरकारी निकायले पनि क्रिमसनबाट सेवा लिने गरेका छन् । सन् २०१७ को मार्चमा फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध तरिकाले सरकारी निगरानीका लागि प्रयोग भएको आरोप लागेको थियो ।

तर फेसबुकका प्रवक्ताले फेसबुकमा रहेका प्रयोगकर्ताका जानकारी सरकारी निगरानीका लागि प्रयोग हुने र आफू त्यसको बाध्यम बन्न नदिनेमा प्रष्ट रहेका बताएका छन् ।

यसअघि लाखौँ प्रयोगकर्ताको जानकारी चोरी गरेको आरोपमा क्यामब्रिज एनालिटिका निलम्बित भएकाके थियो र फेसबुक अनुसन्धानको घेरामा तानिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?