
देश सञ्चार
पुस १६, २०७४
अ
+
अ
अ
-
सिड्नी-अस्ट्रेलियामा आइतबार पानीजहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। सिड्नीभन्दा ५० किलोमिटर उत्तरतर्फ उक्त दुर्घटना भएको अस्ट्रेलियाको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले जहाज दुर्घटना भएको ठाउँबाट ६ जनाको शव निकालेको छ। प्रहरीले यसबारे विस्तृत जानकारी आउन समय लाग्ने बताएको छ।
दुर्घटना हुनुको कारणबारे थाहा भइसकेको छैन । कार्यकारी सुपरीवेक्षक माइकल गोर्म्यानले भने, उद्धार जारी छ।’

