२०४६/०४७ को आन्दोलनमा पनि यति साह्रो दमन भएको थिएन : कांग्रेस नेता

२०४६/०४७ को आन्दोलनमा पनि यति साह्रो दमन भएको थिएन : कांग्रेस नेता
+
-

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीका माग पूरा गराउन गरिएको शान्तिपूर्ण आन्दोलनमा दमन गरेर ओली सरकारले निरंकुशता बाटोमा अगाडि बढेको बताएका छन् ।

जायज माग पूरा गराउनका लागि सरकारलाई दवाव दिन गरिएको आन्दोलनमा बरबरतापूर्ण दमन गरिएको भन्दै तयसको भर्तसना गरेका छन्। कांग्रेस नेतृत्वको सरकारले जारी गरेको अध्याध्येसको मुल विषय भत्काएर अहिले ल्याइएको विधेक स्वीकार्न नसकिने खाँडको भनाई छ । झडपमा क्रममा घाइते भएका तरुण दलका कार्यकर्ताहरुलाई भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सिभिल अस्पताल पुगेका छन्।

ओलीको कार्यशैलीले जनाधिकार लत्याउँदै निरंकुशताको बाटो समातेको खाँडले आरोप लगाए । तर कांग्रेसले जनतासँग सहकार्य गरेर ओलीको निरंकुशता तोडेरै छाड्ने सरकारको विरुद्ध विभिन्न खालका आन्दोनलाई निरन्तरता दिने सचेतक खाँडले बताए ।

कांग्रेसकै अर्का नेता उदयसमशेर राणाले सरकारले अत्याधिक बल प्रयोग गरेको बताएका छन् । शनिबार बानेश्वरमा प्रहरीको बल प्रयोग २०४६/०४७ सालमाभन्दा बढी भएको बताए । केपी ओली सरकारको असली चरित्र देखिन थालेको भन्दै राणाले कम्युनिष्ट साशनको झलक भएकाले ५ वर्षसम्ममा यो सरकारले बितण्ड मच्चाउने बताएका छन् ।

सरकारको गतिविधि, गोविन्द केसीमाथीको व्यवहार, सञ्चार माध्यममाथिको दमन र महँगीकोविरुद्ध प्रदर्शन गरिएको आन्दोलनमा बल प्रयोग गर्नु गलत भएको उनको तर्क छ।

अस्पतालबाट बल प्रयोग गरेर डा. गोविन्द केसीलाई ल्याउनु, दुई तिहाइेको घमण्डले नागरिक, विपक्षि दल र समाजिक अभियान्तालाई दुव्र्यवहार गर्नु लोकतन्त्रमाथि नै प्रहार भएको उनको ठहर छ ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’