डा.केसी पक्षलाई निःशर्त वार्तामा आउन सरकारी वार्ता टोलीको आह्वान

डा.केसी पक्षलाई निःशर्त वार्तामा आउन सरकारी वार्ता टोलीको आह्वान
+
-

काठमाडौँ– सरकारी वार्ता टोलीले डा. गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ ।

वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् । उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए ।

संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडाँै नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए ।

सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा. केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

यसबीचमा वार्ता टोलीले तीन पटक डा. केसीका पक्षसँग वार्ता गरिसकेको छ । विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले केसीलाई जुम्लाबाट काठमाडौँ ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेको समेत उल्लेख गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?