सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण
+
-

बैतडी – सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

यसअघि बिहीबार प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ। यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार चार सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ८७ जनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?