विराटनगर महानगर उपप्रमुख शिल्पा कार्की निराला कोरोना संक्रमित

विराटनगर महानगर उपप्रमुख शिल्पा कार्की निराला कोरोना संक्रमित
+
-

मोरङ – विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निरालालाई कोरोना संक्रमण भएको छ।
महानगर स्वास्थ्य महाशाखाका अनुसार उपमेयर कार्कीको आइतबार गरिएको एण्टिजेन परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो।

उपमेयर कार्कीको सचिवालयका अनुसार शनिबारबाट शरीर दुख्ने, ज्वरो आएझैँ हुने समस्या भएपछि आइतबार एण्टिजेन परीक्षण गरिएको हो। यससँगै कार्की निवासमै स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ।

कार्की आफ्ना विभिन्न कार्यक्रमलाई स्थगन गर्दै निवासमा रहेको र निको भएपछि कार्यक्षेत्रमा खटिने सचिवालयले उल्लेख गरेको छ।
उपमेयर आइतबार महानगरमा आयोजित पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा सहभागी थिइन्।

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री निर्मला लिम्बू, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजमर राई, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिवद्वय डा. रोशन पोखरेल, निमित्त सचिव डा. टंक बाह्रकोटी, महानगर मेयर नागेश कोइराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी थिए।
कार्यक्रम समापनपछि उपमेयर कार्कीले एण्टिजेन परीक्षण गरेकी थिइन्। महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीले कार्यक्रममा सहभागीहरूले ५ देखि ७ दिनभित्र कुनै लक्षण देखिए मात्र परीक्षण गराउँदा हुने जानकारी दिए।

उपमेयर कार्की केही दिनअघि केन्द्रीय राजधानी काठमाडौंबाट विराटनगर फर्किएकी हुन्। महानगरको महाशाखाले कोरोना संक्रमणको पहिचान गर्न विराटनगरका रानीमा हेल्पडेस्क राख्दै आएको छ। जहाँ दैनिक करिब १ सय जनाको कोरोना परीक्षण हुने गरेको महाशाखा प्रमुख अली बताँउछन्।

उनका अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि महानगर तयार अवस्थामा छ। हाल महानगरले वडा नम्बर ५, १५ र १९ मा संक्रमित बिरामी राख्न सक्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?