
काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार ८५ संक्रमणमुक्त भएका छन्। हाल देशभर ३९७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर ९८० पीसीआर तथा १ हजार ३१२ एन्टिजेन परीक्षण भएको छ।