
काठमाडौँ – काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका लागि पुगेका बिरामीको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ।
स्रोतका अनुसार मंगलबार ८५ जना बिरामीको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो।
पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७१ जना संक्रमित थपिएका छन्। कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।