नेपालमै सम्भव थियो राष्ट्रपतिको उपचार: विज्ञ चिकित्सक

नेपालमै सम्भव थियो राष्ट्रपतिको उपचार: विज्ञ चिकित्सक
+
-

काठमाडौँ- छातीमा संक्रमण भएपछि उपचारका लागि भारत लैजाने तयारी गरिएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार नेपालमै सम्भव रहेको चिकित्सकहरुले बताएका छन्।

मंगलबार बिहान अचानक राष्ट्रपति कार्यालयमै बेहोश भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। बुधबार बिहान उनलाई थप उपचारका लागि श्री एयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लगिँदै छ।

डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या र बृद्ध उमेरका कारण पौडेलको स्वास्थ्य गम्भीर बनेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। यद्यपि उनको उपचार नेपालमै सम्भव रहेको र यसका लागि भारत गइरहनु आवश्यक नरहेको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरु बताउँछन्।

राष्ट्रपतिको शपथ गर्नेबित्तिकै पनि पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेरै उपचार गरिएको थियो।

पछिल्लो समय छातीमा पिप जमेका कारण उनलाई असजिलो भएको र मंगलबार बिहान करिब आधा घन्टा उनी बेहोश अवस्थामै रहेको चिकित्सकहरुले जानकारी दिएका छन्।

चिकित्सकहरुले नेपालमै उपचार सम्भव रहेको जानकारी गराए पनि सचिवालय र परिवारको जोडबलमा उनलाई भारत लगिँदै गरिएको स्रोतले जानकारी दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष