स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग

स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग
+
-

सिमकोट – स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग गरिएको छ। जिल्ला अस्पतालमा औषधिको अभाव भएको कुरा सञ्चार माध्यममा आएपछि काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो।

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको बताए। औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापनक रमेश श्रेष्ठको टोली जिल्लामै आएर हस्तान्तरण गरेको हो। औषधिको मूल्य साढे चार लाख छ। दुुई जना हुम्ला आउँदा पनि छुट्टै खर्च लागेको थियो।

अध्यक्ष कार्कीले आफू काठमाडौँमा रहेको समयमा विकट बिमाली जिल्लाको अस्पतालमा औषधि अभाव भएको समाचार बढेपछि औषधि सहयोग गर्न मन लागेको बताए।

उनको टोली हवाई टिकट नपाएर आठ दिनपछि औषधिसहित बुधवार हुम्ला आएको हो। काठमाडौंका छापाखाना सञ्चालन गर्दै आएका कार्कीले त्यसबाट हुने फाइदाको रुपैयाँबाट दुुर्गमका जिल्लाका औषधि सहयोग गर्ने गरेको छ। सात वर्ष अगाडि दर्ता भएको ट्रष्टले देशका धेरै जिल्लामा औषधि सहयोग गरिसकेको छ।

उनले औषधि हस्तान्तरण कार्यक्रममा अस्पताललाई अन्य बेला औषधिको समस्या भए औषधिको नाम लिष्टसहित पठाउनसमेत अस्पताललाई आग्रह गरे।

उनले अब हरेक वर्ष एक पटक औषधि ल्याएर आफू हुम्ला आउनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसैगरी, पचास जना दीर्घरोगी जो सधैँ औषधि प्रयोग गर्ने तर न्यून आयश्रोत भएको व्यक्तिलाई सधैँका लागि औषधि निःशुल्क उपलब्ध गराउनसमेत तयार रहेको बताए।

ती रोगीको नाम अस्पतालले ट्रष्टलाई उपलब्ध गराउनुु पर्नेछ। कार्यक्रममा पत्रकार महासंघको अध्यक्ष राजन रावतले अस्पताललाई आवश्यक परेको बेला सहयोगी हातबाट औषधि सहयोग मिल्नु सराहनीय कार्य भएको बताए। अस्पताल विकास समितिका अध्यष दीपक भण्डारीले ठूलो दिल र मानवीय भावना भएका कारण कार्कीबाट औषधि सहयोग मिलेको बताए।

सहयोगकर्ता ट्रष्टका अध्यक्ष र व्यवस्थापकलाई कदर पत्र प्रदान गरेर खादा ओढाई सम्मान गरिएको थियो। औषधि हस्तान्तरण कार्यक्रममा सरोकावाला पक्षको उपस्थिति थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष