भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ यसपटक नेपालमा

भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ यसपटक नेपालमा
+
-

काठमाडौँ–  बलिउडको चर्चित ‘जी सिने अवार्ड’काे आउँदो संस्करण यस वर्ष नेपालमा  हुने भएको छ। बलिउडमा निकै प्रतिष्ठित मानिने ‘जी सिने अवार्ड’ को नयाँ संस्करण नेपालमा गर्न लागिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए।

अर्वाड समारोहको तयारीका लागि भारतका राज्यसभा सदस्य डा.सुवासचन्द्र र जी टिभीका मालिकसहितको टोली नेपाल आएर अध्ययन गरी फर्किइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना गर्ने प्रस्ताव भएको भ्रमणमा सहभागी दिनेश डिसीले बताए। उक्त भ्रमणमा नायक राजेश हमाल पनि सहभागि थिए।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो डिसेम्बरमा अवार्ड नेपालमा हुने सामाजिक सञ्‍जाल ट्वीटरमार्फत  उल्लेख गरेका छन्। सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा सो कार्यक्रम नेपालमा आयोजना हुन लागिएको हो।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमा भनेका छन्, ‘ आउँदो डिसेम्बरमा भारतको प्रतिष्ठित अवार्ड काठमाडौंमा हुँदैछ, हरेक वर्ष हुने अवार्डमा नेपाली क्याटेगोरी पनि थपिनेछ।’

यस्तै  मन्त्री अधिकारीले   ‘जी सिने अवार्ड’ कार्यक्रम नेपालमा गर्नुको मुख्य उद्देश्य नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ लाई प्रवर्द्धन गर्नु रहेको बताए। ‘जी सिने अवार्ड’ को दर्शक ८० करोड हुने आँकलन गरिएको छ।

उक्त समाराेहमा दर्जनौ बलिउड कलाकारसँगै नेपाली कलाकार पनि उपस्थिति र प्रस्तुति रहने सञ्‍चारकर्मी  दिनेश डिसीले बताए। उनका अनुसार आयोजकले भारतीय कलाकारलाई विभिन्‍न विधामा सम्मान गर्दै-गर्दा नेपालको पनि कुनै एक विधामा उत्कृष्ट संगीत, चलचित्रमा अवार्ड दिने सम्झौता भएको छ।

डिसेम्बर ८ मा हुने अवार्डको लागि भैँसेपाटी अथवा गठ्ठाघरमा पाँच हजार दर्शक क्षमताको अस्थायी संरचना निमार्ण गर्न लागिएको छ। उक्त संरचना ८देखि १० वर्षसम्म प्रयोग गर्न मिल्ने  अनुसारको  बनाइने मन्त्री अधिकारीले बताए।

यो भवनमा डिसेम्बर ६ देखि पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा ‘हिमालयन कन्क्लेभ’ आयोजना हुँदैछ । उक्त समाराेहमा धेरै देशका प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?