डा. केसीको सत्याग्रहको २४ औँ दिनमा

डा. केसीको सत्याग्रहको २४ औँ दिनमा
+
-

काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेका डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको आइतबार २४ दिन भएको छ ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा माथेमा आयोग अनुसार तयार भएको अध्यादेशको भावना तोडमोड गरिएको विरोधमा डा. केसीले यसपटक सत्याग्रह सुरु गरेका हुन् ।

उनले २४ दिनअघि जुम्ला पुगेर अनशन सुरु गरेका थिए । तर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सरकारले जोडबल गरेर डा. केसीलाई गएको बिहीबार काठमाडौँ ल्याएको हो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनमा छन् ।

उनले स्वास्थ्य अवस्था बिग्रिए पनि कुनै किसिमको स्वास्थ्य सेवा लिन अस्वीकार गरेका छन् । उनको मागको पक्ष र आन्दोलनको समर्थन तथा जीवन रक्षाका लागि नागरिक समाजका अगुवा तथा समाजका प्रवुद्ध समूह पनि आन्दोलनमा छन् ।

दैनिकजसो डा. केसीको समर्थन तथा माग पूरा गराउनका लागि दबाब दिने उद्देश्यले काठमाडाँैसहितका ठाउँमा प्रदर्शन हुने गरेका छन् । डा. केसीले यसअघि १४ पटक अनशन बसिसकेका छन् ।

डा. केसी १५ औँ पटकको अनशनमा रहँदा पनि उनका माग लगभग उस्तै छन् । यसअघिका अनशनमा डा. केसीले २३ दिनभन्दा बढी कटाएका थिएनन् । तर यो पटक भने उनको सत्याग्रह लामो भएको छ ।

सरकारसँगको वार्ताले अझै आकार लिन सकेको छैन । सोमबार पनि वार्ता हुने वा भए पनि सहमतिमा पुग्ने सम्भावना देखिएको छैन ।

सरकार उनका मागमा गम्भीर नभएको आरोप लाग्ने गरेको छ । यसले गर्दा डा. केसीको यो पटकको सत्याग्रह यसअघिका भन्दा लामो बन्दै गएको छ र उनको स्वास्थ्यमा थप समस्या देखिन थालेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?