कपन हत्या प्रकरणः सुनको सिक्री लुट्न निराको हत्या

कपन हत्या प्रकरणः सुनको सिक्री लुट्न निराको हत्या
+
-

काठमाडौँ – निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले आइतबार विश्वकर्मालाई सार्वजनिक गरेको हो।

प्रहरीले सुनका लागि निराको हत्या भएको निष्कर्ष निकालेको छ। निराले करिब एक तोला सुनको सिक्री लगाएको र त्यही सिक्रीको लागि विनोदले उनको हत्या गरेको प्रहरीको भनाइ छ।

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते व्यवसायी निरा पाण्डे आचार्य (निरु)को हत्या भएको थियो।

प्रहरीका अनुसार घटना भएको दिन विनोदले निराको पसलमा गएर दुई–तीन घण्टा कुरा गरेका थिए। त्यसपछि उनी पैसा झिक्न एटीएम जाने भनेर निस्किएका थिए।

तर एटीएम भने पसलमै छाडेको र केहीबेरमा आएर पछाडिबाट निरामाथि छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार त्यसक्रममा निराले प्रतिकार गर्न खोजेकी थिइन्।

सिआईवीको टोलीले विनोदलाई शनिबार झापाबाट पक्राउ गरेको थियो।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा उक्त घटनाको छानविनका लागि समिति बनाएको थियो।

तस्बिर: बर्षा शाह/देशसञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?