‘विराटनगरलाई राजधानी बनाएरै छाड्छु’

‘विराटनगरलाई राजधानी बनाएरै छाड्छु’
+
-

पूर्वआपूर्ति मन्त्री एवं प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले विराटनगरलाई राजधानी बनाउन क्याबिनेटमा आफूले पहल जारी राखेको बताएका छन्।

आइतबार विराटनगरलाई राजधानी बनाउन माग गर्दै आयोजित दबाबमूलक एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य मण्डलले राजधानीको रुपमा विराटनगरलाई माओवादी केन्द्रले प्रचण्ड सरकारदेखि नै लबिङ गरिरहेको बताए।

राजधानीका लागि केन्द्र सरकारको महत्वपूर्ण भूमिका रहने बताउँदै मण्डलले भने, ‘राजधानी बनाउने सम्बन्धमा विराटनगरलाई अन्याय हुने प्रस्ताव आए, म क्याविनेटमा लड्न तयार छु।’

केहीदिन भित्र प्रदेश नम्बर एकको राजधानी निर्क्याैल हुनेछ। यसैको लागि विराटनगर महानगरपालिका, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले राजधानीका लागि दबावमूलक र्‍याली आयोजना गरेका थिए। उक्त क्रममा एमालेका जिल्ला अध्यक्ष विनोद ढकालले विराटनगरलाई राजधानी नबनाए सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे। उनले भने, ‘तीनमहिना अघि नै सरकारले प्रदेशको राजधानी, गभर्नर लगायत नियुक्त गर्नु पर्ने थियो, तर अझै पनि त्यो हुन सकेको छैन। सरकारले राजधानी तोक्न नसक्ने हो भने बाटो खुला गरिदियोस् एमालेले विराटनगरलाई राजधानी बनाउने छ।’

कांग्रेसतर्फका प्रदेशसभा सांसद केदार कार्कीले निर्वाचनको परिणाम आउँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले गभर्नर नियुक्त नगर्न सरकारलाई खबरदारी गरेको बताए। एमाले जिल्ला अध्यक्ष ढकालको भनाइमा असन्तुष्टि राख्दै कार्कीले राजधानीका लागि विराटनगरमा एउटा, इटहरीमा अर्को, पथरीमा अर्को त्यसैगरी उर्लाबारी पुगेर अर्को कुरा गर्न राजनीतिकर्मीलाई नसुहाउने भन्दै व्यंग्य गरे। उनले राजधानीका लागि विराटनगरको अर्को विकल्प नभएको स्पस्ट पारे ।

उनले भने, ‘यहाँ भौतिक संरचनामा खर्च नलाग्ने भएकाले अरबौँ रकमको बजेट इटहरी, इलाम, धनकुटाको विकास निर्माण लगाउन सकिने छ। बरु त्यहाका जनतालाई हामीले सम्झाउन सक्नुपर्छ।’

कार्यक्रममा विराटनगरका बुद्धिजीवि, उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ, महानगरपालिकाका पदाधिकारी र विभिन्न राजनीतिक दलका पदाधिकारीको उपस्थिति थियो। विराटनगरको शहिद रंगशालाबाट सुरु भएको उक्त दवाबमूलक र्‍याली नगरपरिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

यो पनि हेर्नुहोस्:

प्रदेश २ को राजधानी राजविराज बनाउन माग

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?