घैँटै मारिएपछि भारत लागेका थिए बस्नेत

घैँटै मारिएपछि भारत लागेका थिए बस्नेत
+
-

काठमाडौं- दुई वर्षअघि काठमाडौंमा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएपछि उनका विशेष सहयोगी समिरमान बस्नेत भारत लागेका थिए। प्रहरीले गुन्डा नाइकेलाई एकपछि अर्को गरी इन्कान्उटर गर्न थालेपछि काठमाडौंमा बस्न नसक्ने भन्दै बस्नेत सुरक्षाका लागि भारत लागेका थिए। भारतमा उनको भेट अर्का गुन्डा नाइके मनोज पुनसँग भएको थियो।

रुपन्देहीमा चन्दा असुली र फिरौतीमा आतंक मच्चाएका पुन प्रायः भारतमै बस्ने गरेका थिए। पछिल्लो समय बस्नेत र पुन मिलेर नेपालमा चन्दा असुली र फिरौतीको धन्दा चलाइरहेका थिए। बस्नेत र पुनको समूह अन्डरवर्ल्ड धन्दा चलाउने कसरतमा थियो। यही क्रममा उनीहरुले फिरौती नदिएपछि गौचनको हत्या गरेका थिए।

गौचनको हत्यापछि उनीहरुले काठमाडौं र उपत्यकाबाहिरका व्यापारीसँग फिरौती उठाएको प्रहरीको दाबी छ। कलंकी, बाफल र कालिमाटी क्षेत्रमा चन्दा असुलपछि विस्तारै ठेक्कापट्टामा हात हालेका बस्नेत पछि घैँटे निकट रहेर आफ्नो धन्धालाई थप बलियो बनाउन सफल भएका थिए।

सीआईबीले बस्‍नेतलाई पक्राउ गरेसँगै अब पुन र उनका अर्का सहयोगी लोप्साङ लामाको पक्राउ प्रहरीलाई चुनौती बनेको छ। लामा र पुन पक्राउ गर्न सके गुन्डागर्दी नियन्त्रणमा आउन सक्ने प्रहरीको दाबी छ।

पुनकै समयका गुन्डाहरु दिपक मनाङे र गणेश लामा राजनीतिमा लागिसकेका छन् भने चक्रे मिलनले पनि आपराधिक गतिविधि छाडिसकेको प्रहरीको दाबी छ। प्रहरीको इन्काउन्टरमा दिनेश अधिकारी चरीको पनि मृत्यु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?