
काठमाडौँ – वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१६ बोहोराटारका ढकाललाई प्रकाउ परेको प्रहरी वृत्त बालाजुले जनाएको छ। उनलाई प्रहरीले काठमाडौँबाट प्रक्राउ गरेको हो।
डा. ढकालसहित उनका बुबा मुरलीप्रसादविरुद्ध नर्सको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए। ढकाललाई हाल बालाजु प्रहरी वृत्तमा राखिएको छ।
वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ वैशाख १७ गते मृत अवस्थामा भेटिएकी थिइन्। श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित डा. सुजन ढकालको कोठामा मृत भेटिएकी थिइन्।
सुजन ढकाल कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। प्रहरीले घटनास्थलमा अनुमाको सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको जनाएको छ। प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।