चीनसँगको सीमानाका सञ्चालन आएपछि हिल्सामा कोरोना परीक्षण अनिवार्य

चीनसँगको सीमानाका सञ्चालन आएपछि हिल्सामा कोरोना परीक्षण अनिवार्य
+
-

सिमकोट – उत्तरी क्षेत्रको नेपाल र चीनको सीमानाका हिल्सा सञ्चालनमा आएलगत्तै हिल्सामा कोरोना परीक्षणलाई अनिवार्य गरिएको छ।

हिल्सा नाका हुँदै चीनको पुराङ काउण्टीको ताक्लाकोट जाने नेपालीलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण गर्ने नियम हिल्सामा लागू गरिएको हो।

नाम्खा गाउँपालिका याल्बाङ स्वास्थ्य चौकी संयोजक ग्याछो लामाका अनुुसार व्यापार व्यवसाय गर्न ताक्लाकोट जाने नेपालीका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएपछि हिल्सामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण गर्न सुुरु गरिएको हो।

यदि, कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपालीले चीनतर्फ जान नपाउने नियम लगाइएको छ। त्यसैले पनि नाम्खा गाउँपालिकाले हिल्सामा अनिवार्य कोरोना परीक्षण गर्ने व्यवस्था गरेको हो। सीमा नाका सञ्चालनमा आएको पहिलो दिन १८ जना नेपाली व्यापारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गररे मात्र चीनको ताक्लाकोट पठाइएको थियो।

कोरोना परीक्षण रिपोर्टपछि मात्र चीनले नेपालीलाई आफ्नो देशमा जान दिने नियम लगाएकाले हिल्सामा हेल्थ डेस्क राखेर परीक्षण गर्ने गरिएको छ। नाकामा कोरोना परीक्षण गर्दा नेपाल र चीनको सीमा हिल्सामा बसोबास गर्ने नागरिक कोरोनाबाट जोगिने विश्वास गरिएको छ।

यसका लागि नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाले हिल्सामा एन्टिजेन परीक्षण डेस्क सधैंका लागि राख्ने व्यवस्था गरेको छ। हाल हिल्सा नाकामा दुई जना स्वास्थ्यकर्मी खटाएर कोरोना परीक्षण गरिरहेका छन्।

तीन दिन लगातार कोरोना परीक्षण गर्दा कसैमा पनि कोरोना देखिएको छैन। वैशाख २४ गतेबाट चीनबाट नेपालको हिल्सा हुँदै नेपाल आउने नेपालीलाई पनि कोरोना परीक्षण अनिवार्य गरिनेछ। कोरोना परीक्षण पछि मात्र उनीहरू नेपाल आउन पाउनेछन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष