रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी!

रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी!
+
-

काठमाडौँ- ३ वर्ष अघिको भूकम्पमा क्षतिग्रस्त भएर निर्जन बनेको रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेना दिने तयारी भएको छ।

मंगलबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, काठमाडौँ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल र नेपाली सेनाका प्रतिनिधि बिच विवादित बनेको रानिपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने विषयमा समझदारी भएको हो।

पर्यटन मन्त्री अधिकारीको पहलमा भएको छलफलमा काठमाडौँ महानगरपालिका मेयर शाक्य रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने विषयमा सकारात्मक रहेको बुझिएको छ।

काठमाडौँ महानगरपालिकाको पैसा र पुरातत्व विभागको डिजाईनमा नेपाली सेनाले रानीपोखरी निर्माण गर्दा समयमै निर्माण सम्पन्न हुने सरकारी अपेक्षा छ।

सेनालाई दिनुको कारण बारे पुरातत्व विभागका एक उच्च अधिकारी भने, ‘सेनाले गर्ने कामका विषयमा सर्वसाधारण देखी सरकार सबैलाई विश्वास छ। सेनालाई रानीपोखरी बनाउन दिने हो भने निर्धारित समयमै निर्माण हुन्छ भन्ने हाम्रो अपेक्षा हो।’

रानीपोखरीको पुनर्निर्माण सुरु नभएकोमा प्रधानमन्त्री ओलीले पनि चासो राखेपछि सरोकारवालाको अग्रसरता बढाएका हुन्। २०७२ सालको विनासकारी भुकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निर्माण ठेक्का सम्झौता भएर पनि विवादित बनेपछि रोकिएको हो।

रानीपोखरी निर्माणका सन्दर्भमा मेयर र उपमेयरको विवाद सतहमा आएपछि गत पुसमा केन्द्र सरकारले हस्तक्षेप गर्दै पुरातत्व विभागको मापदण्ड अनुसार रानीपोखरी निर्माण गर्न निर्देशन दिएको थियो।

महानगरपालिकाले पुनर्निर्माण गर्ने क्रममा रानीपोखरीको दक्षिणतर्फ पूरै, पूर्वतर्फ करिब ८० प्रतिशत र पश्चिमतर्फ जमलदेखि बालगोपाल मन्दिरसम्मको भागमा पर्खालसहित ढलान गर्न थालेपछि रानीपोखरी पुनर्निर्माण विवादमा तानिएको थियो।

स्थानीयले रड र सिमेन्ट प्रयोग भएकोप्रति विरोध जनाए पश्च्यात महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सिमेन्टको प्रयोग रोक्नुपर्ने आवाज उठाएपछि केन्द्र सरकारले हस्तक्षेप गर्नु पर्ने अवस्था आएको थियो।

पुरातत्वको रानीपोखरी पुनर्निर्माणमा कालीमाटी, बालुवा, पुरानो शैलीको इँटा, चुन, सुर्कीको प्रयोग गर्नु हुनु भनाई रहँदै आएको छ।

स्थानियको विरोध र केन्द्र सरकारको पनि पुरातत्व विभागको मापदण्ड अनुसार रानीपोखरी निर्माण गर्नु भन्‍ने निर्देशनपछि महानगरपालिकाले रानीपोखरी पुनर्निमाणको ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द गर्दा महानगरपालिकालाई करिब ३ करोड रुपैयाँ घाटा भएको छ।

६ महिना भित्र ६ करोड २९ लाख रुपैयाँमा रानीपोखरी पुनर्निर्माण गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र ‘वल्र्ड वाइड कँडेल केएन केजी जेभी’बीच २०७३ वैशाखमा सम्झौता भएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले रानीपोखरी पुनर्निर्माण लामो समय देखि अल्झिएकाले सेनाले पुनर्निर्माण गर्दा  विवाद सुल्झिन् सक्छ कि भनेर छलफल भएको जानकारी दिए। उनले भने, ‘सकारात्मक छलफल भएको र छिट्टै केही निर्णय होला।’

यस्तै काठमाडौँ महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले सेनालाई पुनर्निमाण गर्न  दिन सकिने मोडालिटीको बिषयमा छलफल भएको बताए।

बालगोपालेश्‍वर मन्दिर तिहार अगाडि बन्‍ने


पुरातत्व विभागले बनाईरहेको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको निर्माण पनि निर्धारित समय पूरा हुन सकेको छैन। २०७५ असारमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि हाल सम्म मन्दिर निर्माणकै क्रममै रहेको छ।

पुरातत्व विभागका महानिर्देशक दाहालले आगामी तिहारमा मन्दिरको पुनर्निर्माण सम्पन्न हुने दाबी गरेका छन्। एक करोड ६० लाख रुपैयाँ लागतमा बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा पुनर्निर्माण भईरहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’