रायमाझीले प्रहरीलाई झुक्याए, प्रहरीले खाणलाई

रायमाझीले प्रहरीलाई झुक्याए, प्रहरीले खाणलाई
+
-

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका छन्।

खाणलाई प्रहरीले उनकै निवास चाबहिलको मैजुबहालबाट प्रकाउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता सीताराम रिजालले बताएका छन्।

खाणलाई पक्राउ गर्न उनको निवास पुगेको प्रहरीले भने उनलाई निवासबाट जबरजस्ती नियन्त्रणमा लिनुपरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। बुधबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी कमान्डको टोली खाणको घरमा पुगेको थियो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रहरी टोली खाणको घरमा पुग्दा उनी भने फोनमा कुरा गर्दै थिए। अचानक पुगेको प्रहरी टोली देखेर खाण एकैछिन त अच्चममै परे। त्यसपछि उनी दुई मिनेट है भन्दै कोठामा पसे र चुक्कुल लगाए। दुई मिनेट भनेर कोठामा पसेका खाण केहीबेरसम्म पनि निस्किएनन्।

तस्बिरः बर्षा शाह/देश सञ्चार।

प्रहरीले पटक–पटक बोलाउँदा पनि उनी अटेरी गरेर भित्रै बसिरहे। अन्ततः प्रहरीले बल प्रयोग गरेर ढोका खोलेरभित्र पसेको थियो।

‘प्रहरी भित्र पसिसकेपछि पनि उहाँ म कुनै पनि हालतमा प्रहरीकोमा जाँदिन भनेर अड्डी कसेर बस्नुभएको थियो,’ उनी भन्छन्, ‘के–के सोध्नु छ यहीँ सोध्नु न म जाँदै जान्न भनेर बस्नु भएको थियो। त्यसैले पनि प्रहरीले बल प्रयोग गरेर भए पनि नियन्त्रणमा लिनुपर्‍यो।’

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाणको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर टेकुको टोलीले गोप्य अपरेशन चलाएको थियो ।

खाणलाई प्रहरीले उनकै गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्याएको हो। उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

खाणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिइसकेको छ।

खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उनी र उनीनिकटले पैसा लेनदेन गरेका प्रमाण र पछिल्लो बयानमा पूर्व गृहसचिव टेकनारायण पाण्डेले नै खाणको संलग्नतामा आफूले काम गरेको स्वीकार गरेपछि प्रहरीले खाणलाई पक्राउ गरेको हो।

यसअघि प्रहरीले पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफै काठमाडौँ प्रहरी परिसर गएर बयान दिएका थिए।

खाण पक्राउ परिसक्दासमेत पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै प्रहरीको खोजी सूचीमा छन्। पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन्। उनलाई प्रहरीले खोजिरहेको छ।

पक्राउ परेका नरेन्द्र केसी । उनी बालकृष्ण खाणका स्वकीय सचिव हुन्।

पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका उनी काठमाडौँ फर्किएका छैनन्। उक्त कार्यक्रममा उनीसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि थिए। गत बुधबार राति ९ बजे उनी घिमिरेसँगै भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा थिए। त्यहीबेला रायमाझीले प्रहरी उच्च अधिकारीलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गरेका थिए।

रायमाझीले प्रहरीसँगको कुराकानीमा प्रक्राउ पुर्जीबारे स्पष्ट हुन चाहेको र आफू काठमाडौँ फर्कन लागेकोसमेत बताएका थिए। प्रहरीसँग भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारी गर्दैछु भनेका रायमाझीले प्लेनको टिकटसमेत रद्दा गरेर मोबाइल अफ गरेर सम्पर्कविहीन भएका हुन्।

उनले आफ्नो संलग्नता नभएको र अनुसन्धानमा आफै सहयोग गर्न आउँछु भने पनि काठमाडौँ आएका छैनन्। रायमाझीको गाडी लिएर उनका गाडी चालक मात्र काठमाडौँ आएका छन्। चालकले रायमाझी भैरहवातिरै बसेको बताएका छन्।

प्रहरीले सुरुमै पक्राउ पुर्जीबारे जानकारी दिएकै कारण रायमाझी हालसम्म फरार छन्। सोही गल्ती नदोहोरियोस् भन्नका लागि पनि प्रहरीले खाणलाई पक्राउ पुर्जीबारे पहिल्लै जानकारी नदिएर सिधैं नियन्त्रणमा लिन उनको निवास पुगेको थियो।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका हालसम्म १२ जना पक्राउ परेका छन्। अहिले हाई प्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुको बयानका आधारमा सो प्रकरणमा संलग्न अन्यलाई समेत पक्राउ गरिरहेको छ। प्रहरीले हिजो मात्रै थप दुई जनालाई पक्राउ गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?