नेपालगञ्जमा खोप नलगाएका १७७ बच्चा भेटिए

नेपालगञ्जमा खोप नलगाएका १७७ बच्चा भेटिए
+
-

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका र बिचैमा खोप लगाउन छोडेका बच्चालाई बैशाख ३१ गते खोप लगाउने तयारी भएको छ।

‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगञ्जमा ६ सय ९२ जनाले विचैमा खोप लगाउन छोडेको र १ सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको पालिकास्तरीय पूर्ण खोप समन्वय बैठकमा नेपालगञ्जका जनप्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखले खोप लगाउन छुटेका सबै बालबालिकालाई ३१ गते समेट्ने प्रतिबद्धता गरेका हुन्।

नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्ममा खोप सञ्चालन गर्ने गरिन्छ। यो अभियानमा १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ। सबै प्रकारका खोप लगाउन छुटेका बच्चालाई जसरी पनि खोपमा समेट्न उपमहानगरपालिका लागि परेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त मेयर कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरख थापा, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द, जनस्वास्थ्य निरीक्षक जागेश्वर गौतम, स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठलगायत कार्यपालिका सदस्य, वडाध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुखहरुले ३१ गतेलाई महासंग्रामको रुपमा लिदै छुटेका सबै बालबालिकालाई खोप लगाउनु पर्ने धारणा राखेका छन्।

नेपालगञ्जमा लक्षित जनसंख्या कभर हुने तर धेरै बालबालिका खोपमा छुट्ने गरेको पाइन्छ। खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको छ। यसपाली घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएका तथ्यांक निकालिएपनि अझै धेरै बालबालिकालाई खोपमा समेट्न सकिएको छैन। जुन कुरालाई स्वास्थ्यकर्मीहरुले स्वीकार गरिरहेका छन्। मान्दै नमान्ने बच्चालाई हामीले कसरी खोप लगाउने रु स्वास्थ्यकर्मीको गुनासो रहने गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष