फेसबुकको कार्यालय चीनमा खुल्ने

फेसबुकको कार्यालय चीनमा खुल्ने
+
-

फेसबुकले चीनमा कार्यालय खोल्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमाथि चीनमा प्रतिबन्ध छ । तर फेसबुकले चीनमा कार्यालय खोल्नका लागि अनमति पाएको छ ।

चिनियाँ डेभलपर तथा इनोभेटका लागि कार्यालय इनोभेशन हब बन्ने फेसबुकले जनाएको छ । यदि कार्यालय खुल्यो भने चीनमा फेसबुकको पहिलो औपचारिक उपस्थिति हुनेछ । तर चीनको कार्यालय दर्ता गर्ने सम्बन्धी संस्थाले आफ्नो वेब साइटबाट फेसबुकको नाम हटाएको छ ।

यसको अर्थात फेसबुकलाई कार्यालय खोल्नका लागि अझै धेरै कठिनाइको सामना गर्नु पर्ने देखिएको द न्युर्योक टाइम्सले उल्लेख गरेको छ । चीन सामाजिक सञ्जालका लागि विश्वकै ठूलो बजार हो, तर चीनमा ट्वीटर, फेसबुक, युट्युबसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध रहेको छ ।

चिनियाँ प्रयोगकर्ताले चीनकै सामाजिक सञ्जालहरु विइबो, रेन्रेन र युकु चालउँदै आएका छन् । यिनीहरुमाथि चीन सरकारले निगरानी गर्न सक्छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले चिनियाँ अधिकारीलाई रिझाउने प्रयास धेरैपटक गरिसकेका छन्, तर अहिलेसम्म चीनमा फेसबुकले स्वीकृति पाएको छैन । अब भने कार्यालय खुल्ने सम्भावना बढेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?