
धनगढी – कैलालीको गोदावरी नगरपालिकामा १० महिने छोरीको हत्या भएको आशंकामा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिकाको धनचौरीका कलावती जोशी र हर्कराज जोशीलाई १० महिने छोरी डम्वराको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।
मृतक डम्वराकी हजुरआमा सुनकलाले आफ्नी नातिनीको हत्या गरेको भन्दै खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ ।
कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले छोरीको हत्या भएको खबर आएपछि अनुसन्धानका लागि आमाबुवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए ।
ताराले यसअघि पनि आफ्ना दुई सन्तानको हत्या गरेको सुनकलाले अाराेप लगाएकी छन् । ताराका श्रीमान हर्क सुस्तमनस्थितिका रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
मृतक बालिकाको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक वलीले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी दिए ।