नक्कली शरणार्थी प्रकरण: खाणसहित १२ जनालाई थप ४ दिन थुनामा राख्न अनुमति

नक्कली शरणार्थी प्रकरण: खाणसहित १२ जनालाई थप ४ दिन थुनामा राख्न अनुमति
+
-

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका सबै १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ।

प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको हो। काठमाडौँ जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि म्याद थप भएको हो।

प्रहरीले आजै उनीहरुलाई अदालतमा पेश गरेको थियो। अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत उच्चपदस्थ व्यक्तिहरुसमेत यस प्रकरणमा पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले हा‍इप्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुको बयानका आधारमा सो प्रकरणमा संलग्न अन्यलाई समेत पक्राउ गरिरहेको छ। साथै पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ।

यही प्रकरणमा मुछिएको पाएपछि पक्राउ पूर्जी जारी हुँदा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ।

यो पनि पढ्नुहोस्

यी हुन् हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरू (सूचीसहित)

यी हुन् हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरू (सूचीसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?