नक्कली भुटानी शरणार्थी प्रकरण

पक्राउ परेका १३ मध्ये कोही हिरासतमा कोही कोठामा, किन राखियो छुट्टाछुट्टै?

पक्राउ परेका १३ मध्ये कोही हिरासतमा कोही कोठामा, किन राखियो छुट्टाछुट्टै?
+
-

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्।

यस प्रकरणका पक्राउ परेका १३ जनालाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ। १३ जना आरोपीहरूलाई ६ वटा छुट्टाछुट्टै हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका उनीहरूको बयान चलिरहेकाले बयानमा सल्लाह गर्न नपाउन् भनेर प्रहरीले छुट्टाछुट्टै हिरासतमा राखेर अनुसन्धान गरेको हाे।

प्रहरीले आइतबारसम्म बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा ११ जनाको बयान सकिएको बताएको छ भने आज खाणको बयान चलिरहेको छ। अब हिजो मात्रै पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझीको बयान लिन भने बाँकी नै छ।

यस प्रकरणमा आफ्नै निवासबाट पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई प्रहरीले काठमाडौँ परिसरको एउटा छुट्टै कोठामा राखेको छ। उनलाई परिसरको ड‍िएसपी बस्ने कोठामा बेडसहितको व्यवस्था गरेर राखिएको छ। उनले परिसरकै क्यान्टिनमा खाना खाइरहेका छन्।

पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई पनि प्रहरीले काठमाडौँ परिसरमै राखेको छ। तर उनलाई भने परिसरको हिरासतमा थुनुवाको बीचमा नै राखिएको छ। सोही प्रकरणमा पक्राउ परेका रामशरण केसी र गोविन्द चौधरीलाई पनि परिसरमा नै राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

टोपबहादुरका छोरा सन्दीप र सन्देश शर्मालाई पनि परिसरमा नै राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। तर उनीहरूलाई खाणलाई जस्तो छुट्टै कोठा र बेडको सुविधा भने दिइएको छैन।

सानु भण्डारी र केशव दुलाललाई भने कालिमाटी वृत्तको हिरासतमा राखिएको छ।  एकै ठाउँमा भेला गर्दा दुलाल र भण्डारीले इन्द्रजीतलाई झम्टिन खोजेपछि उनीहरूलाई कालिमाटी वृत्तमा सारिएको हो।

त्यस्तै, पूर्वगृहसचिव समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव टेकनारायण पाण्डेलाई भने प्रहरीले सिंहदरबार वृत्तमा राखेको छ। उनलाई पनि वृत्तमा एउटा छुट्टै कोठाको व्यवस्था गरेर राखेको छ।  पाण्डेलाई वृत्तको हिरासत कक्षमा नभइ कार्यालयको कोठामा राखिएको प्रहरी स्रोतले जनाएको छ।

सागर राई र टंकबहादुर गुरुङलाई भने प्रहरीले जनसेवा वृत्तको हिरासतमा राखेको छ। उनीहरू दुई जनालाई जनसेवा वृत्तको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् भने बादलका छोरा प्रतीक, इन्द्रजीतका छोरा निरज र कांग्रेसका पूर्व सांसद् आङतावा शेर्पा फरार छन्। उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ।

प्रहरीले यस प्रकरणमा नाम जोडिएका अन्य व्यक्तिविरुद्ध प्रमाण जुटाउनका लागि कसरत गरिरहेको छ। प्रहरी स्रोतका अनुसार यस प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?