
धनगढी – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको शैली एउटै भएको बताएका छन्।
‘प्रधानमन्त्री ओली जुनशैलीमा सरकार चलाईरहेका छन्। त्यही शैलीमा पार्टीका सभापति देउवाले पार्टी चलाईरहेका छन् ।’
बुधवार नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘ प्रधानमन्त्रीको शैलीले देश र पार्टी सभापतिको शैलीले पार्टी धरासायी भईरहेको छ।’
उनले पार्टीलाई बलियो बनाउन एउटा सक्षम र सवल नेतृत्व आवश्यक रहेकोले नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । उनले पार्टीको नेतृत्व र वैचारिक धारणा बलियो हुनुपर्ने बताए । उनले निर्वाचनमा नेतृत्वको असक्षमताकै कारण पार्टीले धेरै ठाउँमा हार व्यहोर्नुपरेको बताए ।