पूर्वराजा धनगढी आउँदै छन्, यस्तो छ तयारी

पूर्वराजा धनगढी आउँदै छन्, यस्तो छ तयारी
+
-

कैलाली- पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार धनगढी आउने भएपछि राजावादीहरुले उनको स्वागतको तयारी थालेका छन्।

पूर्वराजाको स्वागतका लागि धनगढीमा राजावादीहरुले कैयाैँ चौधरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल स्वागत समिति गठन गरेका छन्। आइतबार शिवपुरीधाममा बसेको राजावादीहरुको भेलाले मूल स्वागत समिति गठन गरेको हो।

भोलि मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आउने कार्यक्रम छ। पूर्वराजाले धनगढीको उत्तरबेहडीको शिवपुरी धाममा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको सपरिवार दर्शन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको मूल स्वागत समितिले जनाएको छ।

पूर्वराजाले सपरिवार डोटीको शैलेश्वरीमा पनि दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।

तर, पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सेनाले भने सुदूरपश्चिम भ्रमणको तालिका अझै बनिनसकेको जानकारी दिए। उनले सोमबार आफू धनगढी पुग्ने र त्यसपछि मात्रै कार्यक्रम तालिका सार्वजनिक गर्ने जानकारी दिए।

पूर्वराजाको सुरक्षा दस्ता र सचिवालयका प्रतिनिधि सोमबार धनगढी आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ। दुई वर्षअघि पनि पूर्वराजा एक हप्तासम्म धनगढीको रुवस होटलमा सपरिवार बसेका थिए।

यो पनि हेर्नुहोस्:

पूर्वराजा कार चलाएर सुटुक्क बाहिर निस्केपछि …

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?