आइएमई इन्स्योरेन्सका थप दुई शाखा सञ्चालनमा

आइएमई इन्स्योरेन्सका थप दुई शाखा सञ्चालनमा
+
-

काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । निर्जीवन बीमा सेवा विस्तारको क्रममा चितवनको रत्ननगर टाँडी र नवलपरासीको कावासोतीमा शाखा सञ्चालनमा आएका हुन् ।

टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।

कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बुधबार गरेका हुन् ।

बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने अधिकृत श्रेष्ठले बताए ।

अब कम्पनीले ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवा प्रदान गर्न थालेको छ ।

कम्पनीको चुक्त पुंजीको सम्बन्धमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने र तत् पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुंजी १ अरब २ करोड ६ लाख पर्‍याईने जानकारी गराउंदै यस आर्थिक बर्ष २०७५।०७६ मा थप १२ शाखाहरु खोली आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले गत आ.व.२०७४/०७५ मा १ अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए । आर्जित बीमा शुल्क अघिाल्लो आवको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले आ.व २०७५/०७६ मा स्वास्थ्य बीमामा विषेश जोड दिइने नीति लिएको जानकारी दिंदै सुलभ स्वास्थ्य बीमाको लागि जतिसक्दो छिटो कम्पनीको शाखाहरुमा सम्पर्क गरी यो सेवा लिन पनि सबैलाई आग्रह गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?