भक्तपुरमा पहिरोले चार घर विस्थापित

भक्तपुरमा पहिरोले चार घर विस्थापित
+
-

भक्तपुर- चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पुगाएको थियो ।

भूकम्पले क्षति पुगाएको माथिल्लो तल्लाको ममर्तपछि धर्मराजको चार जनाको परिवार सोही घरमा बस्दै आएपनि गत असार २७ गते परेको अविरल वर्षाका कारण घर अगाडिको डिलमा गएको पहिरोले सो घर उच्च जोखिममा परेपछि अहिले उनी घरबारविहीन बनेका छन् ।

उनीजस्तै पुरी टोलका सानुकान्छा पुरी, विश्वनाथ पुरी र कुवेर पुरीको घर समेत पहिरोको उच्च जोखिममा परेको छ । कुवेरको निर्माणाधीन दुई तले घरसमेत पहिरोको जोखिममा परेपछि अहिले उनी विचल्लीमा परेका छन् ।

“भुइचालोले पुरानो घरमा बस्न नहुने भएपछि जग्गा बेचेर नयाँ घर बनाइएकामा त्यो पनि निर्माण पूरा नहुँदै पहिरोले लाने खतरा भयो,” उनले भने ।

घर अगाडिको डिलमा पहिरो जाँदा पुरीटोलका चार परिवारको आँगन र घर समेत चिरा परेको छ । पहिरोका कारण कुनै पनि बेला घर भत्किन सक्ने सम्भावना बढेपछि चारै परिवारलाई सुरक्षित बासका लागि नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको पहलमा जिल्ला शाखाले टेन्ट उपलब्ध गराएको छ ।

पहिरोका कारण घर र आँगनमा चिराचिरा परेपछि प्रति परिवार एकएक वटा टेण्ट उपलब्ध गराइएको उपशाखाका सभापति विदुर नेपालले जानकारी दिए ।

त्रिपलआर परियोजनाअन्तर्गतको च्याम्हसिंह सुडाल सडकको ट्रयाक खन्ने क्रममा बनेको डिलमा पहिरो गएका कारण पुरी टोलका चारै परिवारको घर जोखिममा परेको पीडित धर्मराजले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’