
काठमाडाैँ – बाल्ट्रा होम एप्लाइन्सेस्ले कम बिजुली खपत गर्ने बाल्ट्राको एयर कन्डिस्नरलाई नेपाली बजारमा भित्राएको छ ।
नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी उत्पादन गरिएको बाल्ट्रा एसीमा पृथक विशेषताहरु रहेका कम्पनीले जनाएको छ ।
सफ्ट एलईडी, ब्लू फिन कन्डेनसर, क्रस फ्लो फ्यान, दुई तर्फी ड्रेन कनेक्टर, कपर पाईप, सेटिङ्ग र कम आवाज गर्ने क्षमता जस्ता प्रमुख विशेषताहरु यस एयर कन्डिस्नरमा रहेका छन् ।
बाल्ट्राले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको छ ।