हेल्स असद्वारा सामुदायिक अस्पताललाई औषधि सहयोग

हेल्स असद्वारा सामुदायिक अस्पताललाई औषधि सहयोग
+
-

सिमकोट – लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको हेल्थ अस हुम्लाले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पताललाई औषधि सहयोग गरेको छ। सामाजिक कार्यअन्तर्गत हेल्थ असले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पतालमा नभएका औषधि सहयोग गरेको हो।

हेल्थ असका स्वास्थ्यकर्मी नारायण फडेराले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पताललाई १५ प्रकारका निःशुल्क रूपमा नपाउने औषधि सहयोग गरिएको बताए।

अस्पतालमा पुुगेर बिरामीको अवस्था बुुझ्दा औषधि नपाएको गुनासो सुनेपछि हेल्थ असले सहयोग गरेको उनले बताए।
अस्पताललाई औषधि उपलब्ध भएपछि बिरामीलाई सहज भएको छ। औषधि २५ हजार मूल्यको छ। यसअघि पनि सो अस्पतालाई औषधि सहयोग गरिएको थियो भने केही दिनअगाडि मात्र जिल्ला आँखा उपचार केन्द्रलाई चस्मा सहयोग गरिएको थियो।

हेल्थ असको लक्ष्य जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिने र भएको जानकारी आएर निःशुल्क औषधि सहयोग गर्ने उनले बताए।

हेल्थ असले आफ्नै लगानीमा जिल्ला बाहिरबाट खरिद गरेको औषधि सहयोग गर्दै आएको हो। हेल्थ असले आफ्नो फार्मेसी पनि सस्तोमा सञ्चालन गर्दै आएको छ र त्यसमा न्यून आयश्रोत भएका बिरामीलाई निःशुल्क उपचार र औषधि सहयोग गर्दै आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष