के हो ‘लु’? यो कसरी लाग्छ, कसरी बच्ने?

के हो ‘लु’? यो कसरी लाग्छ, कसरी बच्ने?
+
-

गर्मी सुरू भएसँगै हामीले प्राय:सुनेरहने शब्द हो ‘लु’। तर, खासमा लु के हो र यसबाट कसरी बच्ने भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ। जसका कारणले गर्दा हामीले यसका बारेमा समयमै सतर्कत अपनाउन नसक्दा विभिन्न किसिमका स्वास्थ्य समस्या झेल्नुपरेको हुन्छ।

सरकारले अधिक गर्मी हुने ठाउँमा सतर्कता अपनाउन अनुरोध गरेपनि जनसाधारणमा यसको बारेमा उपर्युक्त जानकारी हुन नसक्दा पनि समस्या बढेको पाइन्छ। सामान्यतया गर्मी बढेसँगै तातो हावा चल्न थाल्छ। सोही हावाका कारण निम्तने समस्या नै ‘लु’ हो, सामान्य भाषामा।

के हो ‘लु’?
नियमितभन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रमलगातार पाँच दिनभन्दा बढी भइराख्यो भने ‘लु’ लाग्ने(लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले ‘लु’लाग्छ) सम्भावना हुन्छ। ‘लु’ लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ। तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ।

कसरी लाग्छ?
अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ। यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस हुने हुन्छ।
‘लु’ लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ। तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ।

यसबाट कसरी बच्ने?
बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष