हेलिकोप्टरबाट उद्धार गरिएकी गर्भवतीको शिशुको मृत्यु, आमाको प्रदेश अस्पतालमा उपचार हुँदै

हेलिकोप्टरबाट उद्धार गरिएकी गर्भवतीको शिशुको मृत्यु, आमाको प्रदेश अस्पतालमा उपचार हुँदै
+
-

सिमकोट – उच्च रक्तश्रावले थला परेकी जटिल अवस्थामा पुुगेकी आठ महिने गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गर्दा मरेको शिशुु निकालिएको छ भने आमाको उपचार भइरहेको छ।

शरीरमा रगत मात्र कम भएकी र १२ वटा स्लाइन दिँदा पनि रक्तश्राव नरोकिएपछि गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरले सर्केगार्डबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गर्दा यस्तो भएको हो।

जटिल केसका गर्भवतीको उद्धार कार्यमा समन्वय गर्दै आएकी जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले सोमबार उद्धार गरिएको धनकौरा शाहीको शल्यक्रियापछि मरेको शिशुु निकालिएको र गर्भवतीको उपचार भइरहेको बताइन्।

शल्यक्रियापछि उनको होससमेत आउन सकेको छैन। उनले आमा र शिशुुको ज्यान जोगाउने धेरै प्रयास गरिए पनि शिशुु बचाउन नसकिएको र आमालाई भने बचाउन सफल भएको बताइन्।

सर्केगार्ड गाउँपालिका– ७ की २६ वर्षीया शाहीको सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको थियो। रोडिकोट स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रको साँया स्वास्थ्य चौकीमा तीन दिनअगाडि गर्भवती शाहीलाई रिफर गरिए पनि उपचार हुन नसकेपछि सुर्खेत उद्धार गरिएको हो।

तीन दिनदेखि गर्भवती शाहीको रक्तश्राव सुुरु भए पनि आइतबार राति उच्च रक्तश्राव भएको थियो। गर्भवतीको रगत बगिरहने समस्या नरोकिएपछि रातभर १२ वटा स्लाइन चढाउँदा पनि सन्चो नभएपछि सोमबार सुर्खेत उद्धार गरिएको हो।

शरीरमा रगत नभएपछि गर्भवतीको अवस्था जटिल बन्दा गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्भवतीको उद्धार गरिएको थियो। असार २९ गते स्वास्थ्य चौकीले उनको सुत्केरी हुने समय दिएको थियो।

आठ महिनाको गर्भ पुुगेपछि उनलाई रक्तश्राव सुुरु भएको हो। यसअघि शाहीको एक सन्तान जन्मिएको छ। गर्भवतीको उद्धारका लागि लाग्ने खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले ब्यहोर्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष