
काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार काठमाडौँ जिल्ला अदालतअगाडि प्रदर्शन गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको विरुद्धमा संगठनले काठमाडौँ जिल्ला अदालतअगाडि प्रदर्शन गरेको हाे।
अदालतअगाडि प्रदर्शन गरेको भन्दै प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएकाे छ। संगठनका अध्यक्ष प्रकाश शाहीसहित १२ जनालाई अदालतकाे गेटबाहिरबाट नियन्त्रणमा लिएकाे हाे।
संगठनले ‘देशद्राेहीलाई बहिस्कार गराैँ’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘प्रहरी दमन मुर्दावाद’भन्दै नारासमेत लगाएका थिए।
हेर्नूहोस् तस्बिरहरू: