२३ शाखा अधिकृतलाई गृहमन्त्रीले गरिदिए उपत्यकाबाहिर सरुवा

२३ शाखा अधिकृतलाई गृहमन्त्रीले गरिदिए उपत्यकाबाहिर सरुवा
+
-

काठमाडौँ – सेटिङ मिलाएर कमाइ हुने ठाउँमा खटिएका ठूलो संख्याका शाखा अधिकृतलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाबाहिर सरुवा गरिदिएका छन्।

गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेर उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रको २३ जिल्ला पठाएको हो। सरुवा भएकामा २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा कार्यरत थिए। ५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका पनि उपत्यका बाहिर खटाइएका छन् । काठमाडौँ बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाउने निर्णय गरेको हो।

‘सेटिङ मिलाएर अध्यागमन र एयरपोर्ट लगायतका अलि सहज ठाउँमा बसिरहेकाको भ्याली बाहिर सरुवा भएको हो,’ स्रोतले भन्यो, ‘गृहको आदेश नमान्ने कर्मचारीलाई मन्त्रीले निर्देशन दिनुभएको छ।’ सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले बोलाएर जनताको काममा लाग्न निर्देशन दिएका छन्।

‘कुनै शक्तिकेन्द्र, मन्त्री, सचिव, कर्मचारी प्रशासन वा कुनै दलका मुख्य नेताबाट खटाएको ठाउँमा नगइ यतै बस्ने कल्पना नगर्नुहोला,’ मन्त्री श्रेष्ठले निर्देशन दिए, ‘त्यो बाटो बन्द भैसक्यो, अब पाओर सेन्टर धाउन छोड्नुस, खटाएको जिल्ला गएर जनताको सेवा गर्नुस् ।’ रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको हो । मन्त्रीले सरुवा हुने कर्मचारीलाई बिदाइ गरेर जिल्ला पठाएको पहिलोपटक हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?