
सिमकोट – सत्तरी वर्षभन्दा माथिका मोतीबिन्दुुका बिरामी ४५ जना ज्येष्ठ नागरिक आँखाको शल्यक्रिया गरिएको छ। दुुई दिनसम्म आँखा शिविर सञ्चालन हुँदा गाउँपालिकाबाट एक दिन टाढाको बस्तीबाट ती सेवाग्राही आएर सेवा लिएका हुन्।
दुुर्गमको सर्केगार्ड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका नागरिक लाभान्वित भएका छन्। साँया स्वास्थ्य चौकीका संयोजक बबरजंग पालले कोरोनायताको चार वर्षपछि दुुर्गमको स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ९० जना मोतीबिन्दुुका बिरामीको आँखाको सफल शल्यक्रिया भएको बताए।
शिविरमा आँखाको शल्यक्रिया गरिएका सबै बिरामीको सफल उपचार भएको छ। शल्यक्रिया गरिएकामध्ये ८० वर्ष माथिका बिरामी १७ जना छन् भने ७० देखि ७९ वर्षका २८ जना छन् छन्। त्यसैगरी, ६० देखि ६९ उमेर समूहका ३७ जना र त्यो भन्दा तल्लो उमेरका आठ जनाको शल्यक्रिया भएको छ। शिविरमा ३४४ जनाको आँखाको परीक्षण र आवश्यकताअनुुसार चस्मासमेत उपलब्ध गराइएको थियो।
त्यसैगरी, शिविरमा ३० भन्दा बढी अपांगता भएका बिरामीले आँखाको उपचार गरिएको थियो। आँखाको शल्यक्रिया गरेका सर्केगार्ड गाउँपालिका– ४ का धर्मबहादुुर शाहीले गाउँमै आँखा शिविर सञ्चालन हुँदा बिरामीलाई सहज भएको भन्दै कतिपय बिरामीले दोस्रो पटक आँखा पाएको बताए।
उनले आफँै उपचार गर्न नसक्ने र गाउँभन्दा बाहिर पनि जान नसक्ने सयभन्दा बढी बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएको बताए।
शिविरमा आँखाको समस्या भएका बिरामी ६ घण्टादेखि एक दिन पैदल हिँडेर आएका थिए। शिविर तिलगंगा आँखा प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोग र सर्केगार्ड गाउँपालिकाको सहजीकरण र केही आर्थिक सहयोगमा सञ्चालन भएको हो।
शिविरका लागि प्रतिष्ठानबाट निर्देशक रिना गुुरुङको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आएको थियो। शिविर अवधिभर गाउँपालिकाले बिरामीको खाना खर्चको समेत व्यवस्था गरेको थियो। शिविर पूर्णरूपमा निःशुल्क रहेको थियो। शिविर सफल बनाउन गाउँपालिका अध्यक्ष दानबहादुुर रोकाया र उपाध्यक्ष चन्द्रसिंह कार्की विशेष रुपमा खटिएका थिए।