नेपालगञ्ज उपमहानगरले ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

नेपालगञ्ज उपमहानगरले ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने
+
-

नेपालगञ्ज  – नेपालगञ्ज उपमहानगरपालिकाले साउन १ गतेदेखि ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपांगता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्‍याउन साउन १ गतेदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको नगर प्रमुख प्रशान्त विष्टले बताए।

बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने गरी तयारी थालिएको नगर प्रमुख विष्टले बताए।

“अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,” उनले भने, “एउटा एम्बुलेन्स चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र स्ट्याण्डबाई रहन्छ, कल सेन्टरको हामी व्यवस्था गर्छौं, विरामीलाई समयमै अस्पताल पुर्‍याउने व्यवस्था हुन्छ।”

नेपालगञ्ज उपमहानगरपालिकाभित्र २० वटा एम्बुलेन्स सञ्चालनमा छन्। ती एम्बुलेन्समध्ये पालैपालो एउटा एम्बुलेन्स चौबिसे घण्टा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयभित्र स्ट्याण्डबाई रहनेछ। अन्य एम्बुलेन्सले पनि आवश्यकताका आधारमा निःशुल्क सेवा प्रदान गर्नेछन्।

निःशुल्क एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सञ्चालक र चालकहरुसँग आज छलफल गरिएको छ। नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको वैठकमा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाकी जनस्वास्थ्य अधिकृत रोशनी पुन, एम्बुलेन्स संचालक, चालक लगायत उपस्थित थिए।

वैठकले नेपालगञ्ज उपमहानगरपालिकाभित्र सञ्चालित एम्बुलेन्सले नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नका लागि स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, एम्बुलेन्स संचालक समिति तथा सरोकारवाला निकायले समन्वय तथा नियमन गर्ने निर्णय गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजनकुमार शाहीले जानकारी दिए। निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न आवश्यक तयारी गर्ने निर्णय पनि गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष