सुत्केरी हुन नसकेपछि युवतीको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि युवतीको हेलिकप्टरबाट उद्धार
+
-

ढोरपाटन – बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लगिएको हो।

सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन्। स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशव थापाले जानकारी दिए।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षाअन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो।

सुनारको सुत्केरी हुने मिति १७ दिन अगाडि रहेको थापाको भनाइ छ। उनको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने हुँदा पोखरा पठाइएको थापाले बताए।

‘उहाँलाई यही सुत्केरी गराउन आवश्यक जनशक्ति र उपकरण छैन, लामो समयदेखि व्यथा लागे पनि बच्चा जन्मन नसक्दा आमा र बच्चा दुवैको ज्यान खतरामा हुने हुँदा पोखरा पठाएका हौँ,’ प्रमुख थापाले भने,’यही शल्यक्रिया गर्ने भनेका थियौँ तर जटिल बन्दै गएपछि तत्काल हेलिकप्टर माग गरेर पठयौँ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष