
पोखरा – पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तारको काममा पहिरो खस्दा एक जना मजदुरको मृत्यु भएको छ।
सोमबार साँझ राजमार्गअन्तर्गत तनहुँको म्याग्दो गाउँपालिका- १ माथिल्लो गुणादीमा सडक माथिबाट पहिरो खसेको थियो। सडकको छेउमा पर्खाल लगाइरहेका मजदुर पहिरो खसेपछि पुरिएर ३ जना घाइते भएको थिए।
पहिरोमा पुरिएका झापाको शिवशताक्षी नगरपालिका- ७ का ३३ वर्षीय भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना डिएसपी अधिकारी मोहनबहादुर खाँणले बताए। ‘उद्धार गरेर दमौलीको रत्नहरि अस्पताल पुर्याएका थियौँ। उपचारको क्रममा मृत्यु भएको हो’, उनले भने।
घाईते शिवशताक्षी नगरपालिका- ७ का ३३ ४५ वर्षीय कृष्ण लिङदेलको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
उदयपुरको कटारी नगरपालिका- ७ का ४० वर्षीय बलबहादुर राइको थप उपचारका लागि पोखरा रिफर गरेको प्रहरीले जानकारी दिएको छ।